धनगढी उप–महानगरपालिकाद्धारा पत्रकारका लागि स्वास्थ्य सामाग्री हस्तान्तरण
धनगढी, ५ बैशाख । धनगढी उप–महानगरपालिकाले कोरोना भाइरस ( कोभिड-१९) को जोखिमबाट बच्नका लागि पत्रकारहरुलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
उप–महानगरपालिकाले नेपाल पत्रकार महासंघ कैलाली शाखालाई स्वास्थ्य समाग्री हस्तान्तरण गरेको हो । नगरप्रमुख नृपबहादुर वडले नेपाल पत्रकार महासंघका कोषाध्यक्ष हिमाल जोशीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन । स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य मिन बमको पनि उपस्थित भएका थिए ।
नगरप्रमुख वडका अनुसार धनगढीका पत्रकारहरुलाई भनेर ४०० थान मास्क, ४० बट्टा सेनीटाईजर, १०० थान ग्लोब्सहरु हस्तान्तरण गरिएको हो । पत्रकार, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी सबैभन्दा बढी जोखिममा रहेर काम गरिरहेको नगरप्रमुख वडले बताए ।













