कोरोना अपडेट : विश्वभर १ लाख ४६ हजार बढिको मृत्यु, भारतमा साढे चार सय पुग्यो
कैलाली, ५ वैशाख । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट १ लाख ४६ हजार ८४१ जनाको मृत्यु भएको छ । शुक्रबार विहान ११ः३० बजे सम्मको विश्व तथ्यांको तालिका अनुसार संक्रमित र मृतकको संख्या बढेको देखाइएको छ ।
अहिलेसम्म कोरोना संक्रमितको संख्या २१ लाख ८३ हजार १४८ पुगेको छ । भने ५ लाख ४७ हजार ६७९ जना निको भइसकेको जनाइएको छ ।
पछिल्ला दिनमा कोभिड(१९ को इपीसेन्टर बनेको अमेरिकामा ३४ हजार ६४१ जनाको मृत्यू भईसकेको छ । यहाँ ६ लाख ७८ हजार २१० जना संक्रमित छन् भने ५७ हजार ८४४ निको भएका छन् ।
यस्तै फ्रान्समा १ लाख ६५ हजार ०२७ संक्रमित मध्ये १७ हजार ९२० को मृत्यू भएको छ भने ३२ हजार ८१२ निको भएक छन् । इटालीमा १ लाख ६८ हजार ९४१ संक्रमित मध्ये २२हजार १७० को मृत्यू भएको छ । यस्तै यहाँ ४० हजार १६४ निको भएका छन् । स्पेनमा १९ हजार ३१५ को मृत्यू भएको छ । यहाँ १ लाख ८४ हजार ९४८ मध्ये ७४ हजार ७९७ निको भएका छन् ।
यस्तै नेपालको खुल्ला सिमानासंग जोडिएको छिमेकी देश भारतमा १३ हजार ४९५ संक्रमित मध्ये ४४८ जनाको मृत्यु भइसकेको छ । भने १ हजार ७७७ जना निको भएका छन् । भारतको तथ्यांले नेपाल एकदमै जोखिममा रहेको देखाउछ । हाल नेपालमा १६ जना संक्रमित देखिएको छ ।













