भजनी नगरपालिकाद्वारा बिपन्न घरपरिवारलाई राहत

कैलाली, ५ बैशाख । भजनी नगरपालिकाले कोरोना भाइरसको कारण लकडाउनबाट प्रभावित दैनिक ज्याला मजदुरी गरी खाने अति विपन्न घरपरिवारलाई खाद्यान्न वितरण गरेकोे छ ।

वैशाख ४ गते बाट वितरण शुरु गरेको नगरपालिकाले वार्ड नं. २, ४, ६, ७ र ९ मा खाद्यान्न वितरण गरेको जनाएको छ । यस्तै वडा नं.. १, ३, ५ र ८ मा आज वितरण गर्ने योजना रहेको भजनीना नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिराम चौधरीले जानकारी दिए ।

भजनी नगरपालिका नगर प्रमुख शेरबहादुर चौधरीले दैनिक ज्याला मजदुरी गरी खाने अति विपन्न घरपरिवारलाई खाद्यान्न सहयोग गरेको बताए ।

उनले वडा कार्यालयबाट सिफरिस भएर आएका २ हजार ६९ घर परिवारलाई राहत वितरण गर्न लागेको नगरप्रमुख चौधरीले बताए । उनले वडा नं.१ मा ३२२, वडा नं. २ मा १८९, वडा नं. ३ मा १६१, वडा नं. ४ मा २७५, वडा नं. ५ मा ३६२, वडा नं. ६ मा २१६, वडा नं. ७ मा १५७, वडा नं. ८ मा १९२ र वडा नं. ९ मा १९६ जनालाई राहत वितरण गरेको बतए ।

नगर प्रमुख चौधरीले दैनिक ज्याला मजदुरी गरी खाने अति विपन्न घरपरिवारलाई प्रति परिवार २५ किलो चामल, २ केजी दाल, साबुन २ पिस, नुन २ केजी, तेल १ लिटर लगायतका खाद्यान्न सहयोग गरिएको जानकारी दिए ।

उनले कुनै कारणले वास्तविक बिपन्न छुट्न गएमा त्यस्ता व्यक्ति विवरणको आधारमा वास्तविकता बुझि खाद्यान्न वितरण गरिने पनि बताए । साथै नगरप्रमुख चौधरीले सम्पूर्ण नगरबासी एकजुट भएर कोरोना बिरुद्धको अभियानमा लाग्न अनुरोध गरे । र नगरपालिकाले स्वास्थ्य लगायत सीमा क्षेत्रको कडाईमा विशेष ध्यान दिएको बताए ।