ओरेक नेपालद्वारा सुत्केरी महिलालाई प्याड, स्थानीय सरकारलाई पीपीइ हस्तारान्तर
कैलाली, ३ वैशाख । कैलालीमा एक गैरसरकारी संस्थाले सुत्केरी महिलालाई प्याड र स्थानीय सरकारलाई पीपीइ प्रदान गरेको छ।
महिलाको सवालमा काम गर्दै आएका ओरेक नेपालले कैलालीको सातवटा स्थानीय सरकारलाई सुत्केरी महिलाकालागि प्याडसंगै सरकारलाई पीपीइ उपलब्ध गराएको हो ।
संस्थाले बुधबार धनगढी उप–महानगरपालिका र गोदावरी नगरपालिकालाई चार/चार सेट पीपीइ र ३४२/३४२ प्याकेट प्याड हस्तारतण गरेको संस्थाका जिल्ला संयोजक विनुरानाले जानकारी दिइन् ।
त्यसैगरी गौरीगंगा नगरपालिका, घोडाघोडी नगरपालिका, भजनी नगरपालिका र कैलाली गाउँपालिकालाई ८/८ सेट पीपीइ र ३४२/३४२ प्याकेट प्याड उपलब्ध गराएको राननाले बताईन् । उनले लम्की नगरपालिकालाई भने ३४२ प्याकेट प्याड मात्रै दिएको जानकारी दिईन् ।
बन्दाबन्दीको बेला सुत्केरी महिलाहरुलाई प्याडको अति आवश्यक पर्ने भएकोले संस्थाले प्याड दिएको हो । पछिल्लो अवस्थामा बजार सबैको नजर खाद्यन्नप्रति मात्रै केन्द्रीत भएकोले संस्थाले सुत्केरी महिलाहरुलाई मध्यनजर गर्दै राज्ले वितरण गर्ने राहतमा प्याडको पनि व्यवस्था होस् भन्ने सन्देशकोलागि सुत्केरी महिलालाई प्याड दिएको संयोजक रानाले बताइन् ।
ओरेक नेपाल जुनसुकै दैविक प्रकोप तथा महाविपत्तिकोबेला महिला, सुत्केरी तथा गर्भवति महिला, बालाबालिका र जेष्ठ जानगरिकहरुलाई विभिन्न सहयोग गर्दै आईरहेको छ ।













