सामूहिक बलात्कारको आरोपमा वडा सचिव पक्राउ
धनगढी, ३ वैशाख । कैलालीका एक जना वडा सचिव सामूहिक बलात्कारमा संलग्न रहेको आरोपमा पक्राउ परेका छन्। जिल्लाको जोशीपुर गाउँपालिका वडा नम्वर ४ का सचिव रामकुमार चौधरी १५ वर्षीय किशोरीमाथि सामूहिक बलात्कारमा संग्लन रहेको भन्दै पक्राउ परेका हुन्।
वडा सचिबसंगै सोही वडाका २२ वर्षीय मंगल चौधरी र ३१ वर्षीय सुरेश कुमार चौधरी पनि पक्राउ परेका हुन्।
उनीहरुलाई भजनी नगरपालिकाकी १५ वर्षीय किशोरीमाथि बलात्कार गरेको आरोप लागेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।
उनका अनुसार तीन जनाले किशोरीलाई विभिन्न प्रलोभन देखाएर भजनी बजार जाउ भनेका थिए।













