१५ वर्षिया बालिकालाई सामूहिक बलात्कार, तीन जना पक्राउ

धनगढी, ३ वैशाख । कैलालीको भजनी नगरपालिकाका १५ वर्षिया बालिकालाई २ गते साँझा जबर्जस्ती करणी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

बालिका गोठाला गएकोे बेला जोशीपुर गाउँपालिका वडा नं ४ लालपुर बाणी बस्ने बर्ष २९ को राम कुमार चौधरी, ऐ.ऐ. बस्ने बर्ष २२ को मंगल चौधरी, ऐ.ऐ. बस्ने बर्ष ३१ को सुरेश कुमार चौधरीले विभिन्न प्रलोभनमा पारि सामुहिक करणी गरेको बताइएको छ ।

बालिकालाई फकाएर भजनी बजार जाउ भनि भजनी नगरपालिका वडा नं. ८ कृष्णनगर स्थित हुलाकी सडकको दक्षिण तर्फ रहेको झाडीमा लगेर डर, त्रास, धम्की देखाई जबरजस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

बालिकालाई करणी भएको खबर आएपछि सो क्षेत्रमा प्रहरी टोली खटाएर तीनै जनालाई पक्राउ गरेको हो । उनीहरुलाई जिल्ला अदालतबाट १५ दिने म्याद थप गरि अनुसन्धान भई रहेको छ ।

यस्तै भजनी नगरपालिकाकै २८ वर्षिया एकल महिलालाई विक्रम राजीले पटक पटक यौन यौन दुर्व्यवहार गर्दै आएको बताइएको छ ।

पीडित महिलाले भनिन् ‘चैतको २८ गते राति १० बजेदेखि १२ बजे सम्म तर्सायो । त्यसपछि ३० गतेपनि यस्तै गर्यो, म डरले पल्लो घरको डेवरलाई बोलाएर सम्झाउन लगाए तर विक्रराजीले उल्टै देवरसंग जाईलागेपछि कुटाकुट समेत भयो ।’

उनले सो व्यक्ति राति आएर झ्यालबाट हात छिराउने, ढोकामा लाटी हान्ने तर्साउने र ढोका खोल्न आग्रह गर्ने गरेको बताईन् ।लकडाउनकोबेला न्याय खोज्न कहाँ जाने भन्नेबारे जानकारी नभएपछि चुपलागेर बसेको दुखेसो पोखिन् ।

उनले भनिन् ‘म अन्दाजी २८ वर्षको भए, श्रीमान वितेको ६ वर्ष भयो । बालबच्चापनि छैनन्, मेरो कोही नदेखेर यस्तो व्यवहार गरेको हो ।’
यस्तै हिजो मात्रै एक किशोरीलाई सामुहिक बलात्कार गरेको छ । यूवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।