लकडाउनः कुखुरा फर्मबाट ठग्गु डगौरालाई दूई करोडको नोक्सान, बैंकको ऋण तिर्ने चिन्ता

कैलाली, ३ वैशाख । कैलालीको जोशीपुरमा रहेको त्रिशक्ति पोल्टि फर्मका सञ्चालक ठग्गु प्रसाद डगौरालाई लकडाउनले गर्दा दूई करोड नोक्सानी भएको छ ।

विगत लामो समयदेखि कुखुरा पालन गर्दै आएका डगौरा किसानहरुलाई कुखुरा पालन तर्फ आकर्षित गरिरहेका थिए । तर कोरोना भाइरसले गर्दा सिंगो मुलुक नै लक डाउन भएपछि फर्ममा हुर्किदै गरेका कुखुरालाई दाना अभाव पश्चात अहिले करोडौंको घाटा बेहोर्नु परेको बताउछन् ।

उनी भन्छन् ‘लकडाउन हुनु पुर्व चल्ला बेच्न छोडिसकेको थिए । तर पोल्टिफर्ममा लगभग ४० हजार कुखुरा तयारी अवस्था थिए, उनीहरु दाना नपाएर मरे ।’ फर्ममा अब ४/५ हजार कुखुरा मात्र बाँचेका छन् । उनीहरुलाई पनि दानाको समस्या भईरहेको छ । डगौराले भने ।

‘दाना नपाएर कुखुरालाई घाँसपात समेत खुवाउँन थालेकोछु । केही कुखुरा बाहिर चर्न निस्किन्छन््, बाँचेका यी खुकुरालाई पनि बेच्न पाउँछु कि पाउँदैन भन्ने ठूलो चिन्ता छ ।’ बैंकिड्ढ कारोबारबाट सञ्चालन गरेको फर्म, सबै कुखुरा मरेपछि बैंकको ऋण कसरी तिर्ने भन्ने चिन्ता हुन थालेको ठग्गुले बताए ।

दाना नपाएपछि बाहिर चर्दै गरेका बोइलर कुखुराहरु

उनी व्यवसायिक कुखुरा पालक किसान हुन् । तर, अहिले उनलाई कुखुरा व्यवसायबाट नाफा भन्दा पनि घाटा व्यहोर्नु परिरहेको छ । कोरोना आएदेखि गाउँ शहरमा बोईलर कुखुराको मासु समेत खाना छोडिसकेकोले पनि बाँचेका कुखुरालाई बिक्री गर्न समस्या छ ।

लकडाउनले गर्दा बाँचेका कुखुराकोलागि गाउँमै खेजेर अलि अलि दाना पुर्याईरहेको उनले बताए । जसोतसो दाना खुवाए हुर्काएको कुखुरा बिक्रि हुने हो कि हैन भन्ने चिन्ताले रातदिन सताएको छ ।