कोरोना अपडेटः मृत्यु हुनेको संख्या १ लाख २६ हजार लाघ्यो, भारतमा साढे ११ हजार संक्रमित
कैलाली, ३ वैशाख । कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या दिनप्रतिदिन बढिरहेको छ । यो समाचार तयार पार्दासम्म विश्वभर १ लाख २६ हजार ७७६ को मृत्यू भइसकेको विश्व तथ्यांकले जनाएको छ । त्यसैगरी संक्रमितको संख्या २० लाख ७२८ पुगेको छ ।
सबैभन्दा बढी अमेरिकामा मृत्यु भएका छन् । अमेरिकामा ६ लाख १४ हजार २४६ संक्रमितको भएका छन् जस मध्ये २६ हजार ०६४ को मृत्यू भएको तथ्यांका जनाएको छ ।
नेपालको छिमेकी मुलुक भारतमा मृत्यु हुनेको संख्या ३९६ पुगेको छ भने ११ हजार ५५५ जनामा कोरोनाभाइरस संक्रमण भएको पुष्टी भएको छ । नेपालमा हाल १६ जनामा कोरोनाभाइरस संक्रमण भएको पुष्टी भइसकेको छ ।













