मन्त्रिपरिषद्को निर्णय : बैशाख १५ सम्म लकडाउन , १८ गतेसम्म हवाई उडान बन्द
काठमाडौं, २ बैशाख । सरकारले जारी गरेको लकडाउन दुई हप्ता थप भएको छ ।
मन्त्रिपरिषद् बैठकले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण जारी रहेकोले लकडाउनको अवधि बढाएर वैशाख १५ गतेसम्म पुर्याउने निर्णय गरेको हो ।
त्यसैगरी सरकारले हवाई उठान बैशाख १८ गतेसम्म स्थगित गर्ने निर्णय समेत गरेको छ । जनाइएको छ ।













