लकडाउन १२ दिन थपियो, अब वैशाख १५ सम्म घरमै सुरक्षित बस्ने
काठमाडौं, २ वैशाख । सरकारले लकडाउन १२ दिन बढाएर वैशाख १५ गतेसम्म पुर्याउने निर्णय गरेको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड १९ को संक्रमण रोक्नका लागि चैत ११ बाट थालिएको लकडाउन तेस्रो पटक बढाउने सरकारले निर्णय गरेको हो ।
केहीबेरअघि मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । एक साताका लागि घोषणा गरिएको लकडाउन कोरोना संक्रमणहरु भेटिएपछि सरकारले लकडाउन बढाउँदै लगेको हो। नेपालमा हालसम्म १६ जनामा संक्रमण देखिएको छ। भोलि वैशाख ३ गते सरकारले घोषणा गरेको लकडाउन समय सकिदै थियो ।
यस्तै, आजै छिमेकी देश भारतमा पनि १९ दिन लकडाउन बढाउने घोषणा गरेको छ।













