नयाँ वर्ष मनाएर फर्किदा कैलालीमा एक युवतीको बलात्कार, चार जना पक्राउ

धनगढी, २ बैशाख । साथीहरुसंग नयाँ वर्ष मनाएर फर्किनेक्रममा कैलालीमा एक यूवतीको बलात्कार भएको प्रहरीले जनाएको छ । यूवतिलाई बलात्कार गरेको आरोपमा आरोपमा आज चार जना युवक पक्राउ गरेको छन् ।

पक्राउ पर्नेमा कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ४ का २० वर्षीय नरेश नेपाली, २१ वर्षीय अर्जुन सावद, २० वर्षीय निर्मल चौधरी र २४ वर्षीय नरेश भट्ट रहेका छन् ।

गौरीगंगा नगरपालिकामा रहेका आफन्तलाई भेटेर गएराति १२ः३० बजे घर फर्किदै गरेकी युवतीलाई नियन्त्रणमा लिई बलात्कार गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको हो ।

ती युवतीसंग अन्य एक जना महिला र दुई जना पुरुष साथी थिए । ती तीन जना लाई कुटपिट गर्दै युवतीमाथि बलात्कार गरेको प्रहरीले जनाएको छ ।

युवतीमाथि बलात्कार भएको जानकारी पाएपछि तत्काल घट्नास्थल पुगेको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायव उपरीक्षक ज्ञान बहादुर बिष्ट बलात्कारमा संलग्न चारै जनालाई पक्राउ गरेको हो ।

ती युवतीलाई बलात्कार गर्नुअघि चारै जना युवक धारिलो हतियारले उनीसंगै आफन्तलाई सडकमा अबरोध सृजना गर्दै धारिलो हतियार प्रयोग गरेका थिए ।

ती चारै जना युवकले तीन जनालाई कुटपिट गरेपछि ती युवतीलाई सडकबाट सय मिटर भित्र एकान्तमा लगेर जर्वजस्ती करणी गरेको प्रहरीले जनाएको छ । उनीहरुबाट धारिलो हतियार र मोटरसाईकल समेत बरामद भएको छ ।