भलमन्साको अगुवाईमा फकलपुर गाउँबाट राहत सहयोग

धनगढी, २ वैशाख । गोदावरी नगरपालिका वडा नं. ८ फकलपुर गाउँका किसानहरु राहत सहयोग गरेका छन् ।

गाउँको भलमन्सा फुलराम चौधरीको नेतृत्वमा टोलविकास सुधार समितीका ललाराम चौधरी र जागृती यूवा क्लबका अध्यक्ष गणेश चौधरी लगायतले आफ्नै गाउँको किसानहरुसंग सहयोग संकलन गरेको गाउँको अगुवा माधव चौधरीले जानकारी दिए ।

उनले गाउँका किसानहरुले स्वइच्छा क्षमता अनुसारको सहयोग गरेकाे बताए । गाउँमा सहयोग संकलन गरेर रु १० हजार ९८६ रुपैया बराबरको ३ कुन्टल २ किलो २०० ग्राम चामल खरिद गरेर गोदावरी नगरपालिकालाई हस्तान्तरण गरिएको बताए ।

यस्तै गाउँका भलमन्सा फुलराम चौधरीले सुग्घर फकलपुर गाउँको अवधारणालाई आत्मसात गर्दै, फकलपुर भलमन्सा, टोल बिकास सुधार समिती र जागृती युवा क्लबका प्रतिनिधिको अगुवाइमा राहत संकलन गरिएको बताए ।

उनले गाउँमा किसानहरुसंग वर्षौदिन सम्म पुग्ने धान चामल संच्चित गरेर राखिएको हुनाले लकडाउनको बेला भोकै बस्नुपर्ने बाध्यात नहुने भएकोले गाउँबासीहरु मजदुरी गरेर जोहो गर्नेलाई उक्त सहयोग गरेको बताए । उनले विपदकोबेला फकलपुरका किसानहरु आफ्नै घरबाट दाल चामल, नुन संकलन गरेर भएपनि विपदमा परेकोलाई सहयोग गर्दै आईरहेको भलमन्साले बताए ।