सनसिटी अपार्टमेन्टमा बस्दै अएका २ जनामा कोरोना पुष्टि, अर्का एकको रिपोर्ट आउन बाँकी
काठमाडौं, २ बैशाख । काठमाडौंको पेप्सीकोला स्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका कोरोनाका शंकास्पद तीन जनामा दुईजनाको परीक्षण रिपोर्ट पोजेटिभ देखिएको छ । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार दुई जनामा संक्रमण पुष्टि भएको र एक जनाको रिपोर्ट साँझसम्म आउने जनाएको छ ।
बेलायतबाट फर्केर काठमाडौंमा बसेका उनीहरुको र्यापिड टेस्ट पोजिटिभ देखिएपछि सोमबार पाटन अस्पतालको आइसुलेसनमा लगिएको थियो ।
उनीहरु एकै परिवारका ८१ वर्षीया वृद्धा आमा सहित ५८ छोरा र ५६ वर्षीया बुहारी रहेका छन्। ३ जना मध्ये हजुरआमाको रिपोर्ट आउन बाँकी रहेको स्रोतले जनाएको छ।













