कैलालीमा थप एक जना संक्रमित, नेपाल कोरोना संक्रमितको संख्या १३ पुग्यो
धनगढी, १ बैशाख । कैलालीमा थप एक जनामा कोरोना भाइरसको संक्रमण देखिए छ । कैलालीको लम्की चुहा नगरपालिका वडा नम्बर १ की ६० वर्षीया महिलामा कोरोनाको संक्रमण देखिएको हो ।
लम्की चुहा अस्पतालका प्रमुख डा.प्रकाश तिम्सिनाका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका लागि पठईएको ती महिलाको थ्रोट स्वावको नमूना पोजिटिभ पाईएको हो ।
प्रहरीले बिरगञ्जबाट आएकी ती महिलालाई लम्की चुहा बहुमुखी क्याम्पसको क्वारेन्टाईनमा राखेको थियो । कैलालीका प्रहरी प्रमुख सुदीप गिरीले ती महिला बिरगञ्जबाट आएको आएको बताए ।
प्रहरी उपरीक्षक गिरीका अनुसार ती महिलाको बिरगञ्जमा चिया पसल थियो । उनी बिरगञ्जबाटै संक्रमित भएर आएको आशंका गरिएको छ ।¥यापिड टेष्टमा नेगेटिभ पाइएको उनको नमूना काठमाण्डौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जाँच गर्दा पोजिटिभ पाईएको हो ।
सरकारले बिभिन्न जिल्लामा व्यवसाय तथा काम गर्दै आएका व्यक्तिहरुलाई लकडाउनका क्रममा आआफ्नो घर पठाउने क्रममा चैत १७ गते बिरगञ्जमा रहेका सुदूरपश्चिमका ३५ जनालाई बसमा राखेर पठाएको थियो । चैत १८ गते कैलाली पुगेका उनीहरु बिभिन्न ठाउँमा झरेका थिए ।
जसमध्ये १७ जना लम्की झरेका थिए । सोही दिन १७ जनालाई लम्की चुहा बहुमुखी क्याम्पसको क्वारेन्टाईनमा राखिएको थियो । अहिले ती महिलाको उपचारकोलागि सेती प्रादेशिक अस्पतालमा ल्याउने तयारी भईरहेको जनाइएको छ ।
नेपालमा हाल १३ जनामा कोरोना भाइरस संक्रमण देखापरेको छ । जस मध्ये त्त जना सञ्चो भई घर फर्किसकेका छन् ।













