कैलारी गाउँपालिकाको एक सय १८ जनाको स्वाब रिपोर्ट नेगेटिभ

धनगढी, ३० चैत । कैलारी गाउँपालिकामा बाहिरबाट फर्केर आएका ११८ जनाको थ्रोट स्वाब रिपोर्ट नेगेटिभ आएको छ ।

चैत १ गतेदेखि बाहिरबाट आएका ९० पुरुष र २८ जना महिलाको ¥यापिड टेस्टमार्फत स्वाब परीक्षण गरिएको थियो । सबैको रिपोर्ट नेगेटिभ आएको गाउँपालिकाका स्वास्थ्य संयोजक विरेन्द्र सापकोटाले जानकारी दिए ।

गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइन र होम क्वारेन्टाइनमा बसेका व्यक्तिहरुको ¥यापिड टेस्टमार्फत स्वाब परीक्षण गरिएको थियो । अझै केही व्यक्ति छुटेकाले उनीहरुको पनि स्वाब परीक्षण गरिन उनले बताए ।

यसैबीच, बसन्ता बहुद्देश्यीय सहकारी संस्थाले कैलारी गाउँपालिकालाई ६ थान व्यक्तिगत सुरक्षा पोशाक ९पीपीई० सहयोग गरेको छ ।
सहकारीले गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीका लागि पीपीई सहयोग गरेको हो ।

सो सहकारीका व्यवस्थापक दुलीराम चौधरीले आज गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी सत्गौंवालाई पीपीई हस्तान्तरण गरे । सो अवसरमा गाउँपालिका स्वास्थ्य संयोजक विरेन्द्र सापकोटा, योजना शाखा प्रमुख सन्तोषकुमार चौधरी लगायतको उपस्थिति रहेको थियो ।