वीरगञ्जका ३ जनाको नमूना परीक्षण कोरोना पोजेटिभ
काठमाडौं, ३० चैत । वीरगञ्जमा ३ जनामा कोरोनाभाइरस (कोभिड १९) संक्रमण पाइएको पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले ३ चरणको परीक्षणमा समेत तीनै जनामा कोरोनाभाइरस पोजेटिभ पाइएको छ, पहिला हेटौंडामा परीक्षण गर्दा पोजेटिभ पाइएपछि काठमाडौं ल्याएर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा २ चरणमा परीक्षण गर्दा पोजेटिभ नतिजा नै आयो ।
यससँगै नेपालमा कोभिड– १९ संक्रमितको संख्या १२ पुगेको छ । यसअघि काठमाडौंमा २, बाग्लुङमा २ र धनगढीमा ४ जना कोरोना संक्रमण पुष्टि भएपछि उपचाररत छन् । अर्का एकजना भने निको भएर फर्किसकेका छन् ।













