कोरोनाबाट मृत्यू हुनेको संख्या एक लाख ६ हजार, केन्द्र विन्दु अमेरिका बन्दै
कैलाली, २९ चैत । कोरोना भाइरसबाट विश्वभर मृत्यु हुनेको संख्या एक लाख ६ हजार ३४७ पुगेको छ । शनिबार राति १० बजे सम्म को विश्व तथ्यांक अनुसार मृत्यु हुनेको संख्या १ लाख ६ हजार ३४७ पुगेको हो ।
अहिले विश्वमा सबै भन्दा बढि कोरनो संक्रमित अमेरिकामा देखिएको छ । १७ लाख ३२ हजार ३०६ जना मध्ये ५ लाख ६ हजार आज संक्रमित अमेरिकामा छन् । आजको तथ्यांक अनुसार १९ हजार ६६६ जनाको मृत्यू भईसकेको तथ्यांकले जनाको छ । यो तथ्यांकले अमेरिको कोरोनाको केन्द्र विन्दु बन्न थालेको देखाउछ ।
हिजो दिन सम्म सबैभन्दा बढी इटली मृत्यू भएका थिए । आजको तथ्यांकमा इटलीमा १९ हजार ४६८ जनाको मृत्यु भएको छ ।
यस्तै स्पेनमा पनि १६ हजार ३५३, फ्रान्समा १३ हजार १९७, जर्मनीमा २ हजार ७३६ बेलायतमा ९ हजार ८७५ जनाको मृत्यू भईसकेको छ ।
नेपालको खुल्ला सिमानासंग जोडिएर रहेको छिमेकी देश भारतमा पनि २३९ जनाको मृत्यू भईसकेको छ भने ८ हजार ०६३ हजार जना संक्रमित भएको विश्व तथ्यांकले जनाएको छ ।













