लकडाउन तत्काल नहट्ने : प्रधानमन्त्री
काठमाण्डौं, २९ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ (कोरोना भाइरस) ले रोकथाम र नियन्त्रणका लागि सरकारले जारी राखेको लक डाउन तत्काल नहट्ने प्रष्ट पारेका छन् ।
आज सात वटै प्रदेशका मुख्यमन्त्रीहरुसंगको भिडियो कन्फ्रेन्सका क्रममा प्रधानमन्त्री ओलीले कोरोना रोकथामका लागि लक डाउनबाहेक अर्को बिकल्प नभएकोले तत्काल लकडाउन हट्ने कुनै संभावना नरहेको प्रष्ट पारे ।
प्रधानमन्त्री ओलीले लकडाउनको समयमाबधि थपिने निश्चित भएको बताउदै त्यसका लागि तयारी अवस्थामा रहन र लकडाउनको प्रभावकारी कार्यान्वयन गर्न मुख्यमन्त्रीहरुलाई निर्देशन दिए ।
भारतमा कोरोना संक्रमण व्यापक रुपमा फैलिईरहेकोले सीमामा कडाई गर्न र भावनामाबगेर सीमा खुकुलो नगर्न समेत प्रधानमन्त्री ओलीले मुख्यमन्त्रीहरुलाई आग्रह गरे ।













