कोरोना अपडेट : मृत्यु हुनेको संख्या एक लाख नाघ्यो, भारतमा सात हजार भन्दा बढि संक्रमित
कैलाली, २८ चैत । कोरोना भाइरसका कारण विश्वभर मृत्यु हुनेको तिब्र गतिले संख्या बढिरहेको छ । शुक्रबार राति सवा १० बजे सम्म को विश्व तथ्यांक अनुसार मृत्यु हुनेको संख्या १ लाख १५७ पुगेको छ ।
नेपालको खुल्ला सिमानासंग जोडिएर रहेको छिमेकी देश भारतमा पनि २२९ जनाको मृत्यू भईसकेको छ भने ७ हजार ३४७ जना संक्रमित भएको विश्व तथ्यांकले जनाएको छ ।
सबैभन्दा बढी इटलीमा १८ हजार ८४९ जनाको मृत्यु भएको छ । यस्तै अमेरिकामा भने मृत्यू हुनेको संख्या एकदमै बढिरहेको छ । अहिले अमेरिकामा १७ हजार ९०९ को मृत्यु भईसकेको छ । यो तथ्यौक अनुसार एक दिनमा १४ सय ६५ जनाको थप मृत्यू भएको पुष्टि गर्छ । जहाँ ४ लाख ७७ हजार ९४४ जना संmक्रमित भईसकेका छन् ।
यस्तै स्पेनमा पनि १५ हजार ९७० को मृत्यु भईसकेको छ भने १ लाख ५७ हजार ०५३ जना संक्रमित भएका छन् । अहिले विश्वमा १६ लाख ३९ हजार ७७२ जना संक्रमित भईसकेको तथ्यांकले देखाएको छ ।













