विभिन्न निकायद्वारा स्वास्थ्य सामग्री सहयोग
हसुलिया, २८ चैत । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण हुन नदिनका लागि कैलारी गाउँपालिकाले थालेको प्रयासमा विभिन्न सहयोगी निकायले सहयोग गर्न थालेका छन् ।
गाउँपालिकाले स्थानीय स्थानीय तह प्रकोप व्यवस्थापन कोष खडा गरे लगत्तै सहयोगी निकायले सहयोगको हात बढाएका हुन । यसैक्रममा आज संघसंस्थाले स्वास्थ्य सामग्री सहयोग गरेका छन् ।
कैलारी सहकारी संस्था लिमिटेडले गाउँपालिकालाई ९० लिटर सोडियम हाइड्रोक्लोराइड सहयोग गरेको छ । सहकारीका अध्यक्ष बतासु चौधरीले गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी सत्गौंवालाई हाइड्रोक्लोराइड हस्तान्तरण गरे ।
यसैगरी, एनएनएसडब्लूएले पञ्जा २०० थान, सेनिटाइजर १५ पिस र भाइरेक्स आठ थान सहयोग गरेको छ ।













