कोरोना अपडेटः मृत्यु हुनेको संख्या ९५ हजार नाघ्यो, करिब १६ लाख संक्रमित
कैलाली, २७ चैत । कोरोनाभाइरसका कारण विश्वभर मृत्यु हुनेको संख्या बढिरहेको छ । विहीबार राति सवा २ः३० को विश्व तथ्यांक अनुसार मृत्यु हुनेको संख्या ९५ हजार नाघेको छ ।
विश्वमा अहिले ९५ हजार २१ को मृत्यू भएके छ भने १५ लाख ९१ हजार ५२३ जना संक्रमित भएका छन् ।
सबैभन्दा बढी इटलीमा १८ हजार २७९ जनाको मृत्यु भएको छ । यस्तै अमेरिकामा १६ हजार ४४४ को मृत्यु भएको छ । अमेरिकामा मृत्यू हुनेको संख्या तिब्रगतिले बढिरहेको तथ्यांकले जनाएको छ ।
स्पेनमा पनि १५ हजार २३८ को मृत्यु भईसकेको छ । यस्तै फ्रन्समा १२ हजार २१० जनाको मृत्यू भएको छ ।
अमेरिका ४ लाख ६९ हजार ९ सय ८१ जना संक्रमित भईसकेका छन् । बेलायतमा ७ हजार ९७८ जनाको मृत्यू भएको तथ्यांकले देखाएको ।
त्यस्तै भारतमा पनि मृत्यू हुनेको संख्या बढेको छ । हालको तथ्यांक अनुसार भारतमा ६ हजार ७२५ जना संक्रमित भएक छन् भने २२६ जनाको मृत्यू भएको जनाएको छ ।













