फिल्डमा खटिएका सशस्त्र प्रहरी र नेपाल प्रहरी गरि १५८ जनाको नमूना रिपोर्ट नेगेटिभ
धनगढी, २७ चैत । जिल्ला प्रहरी कार्यालय कैलाली र सशस्त्र प्रहरी बल ३४ नम्बर गण धनगढी अन्तर्गत कार्यरत प्रहरीमा कोरोनाको संक्रमण भए नभएको जाँच गरिएको छ । ¥यापिड टेष्टका क्रममा एक सय ५८ जनाको नमूनाको रिपोर्ट नेगेटिभ आएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक सुदीप गिरी, नायव उपरीक्षक दक्षकुमार बस्नेत सहित ¥यापिड टेष्ट गरिएका सबै जनाको नमूनाको रिपोर्ट नेगेटिभ आएको छ । त्यसै गरी गणपति सशस्त्र प्रहरी उपरीक्षक कमल तिम्सिना सहित ¥यापिड टेष्ट गरिएका सबै जनाको नमूनाको रिपोर्ट पनि नेगेटिभ आएको हो ।
चैत १० र ११ गते गौरीफन्टा नाकामा राखिएका झण्डै एक हजारको भीडको व्यवस्थापन तथा सुरक्षामा खटिएका सुरक्षाकर्मीहरुको ¥यापिड टेष्ट गरिएको थियो । एक हजार जनाको भीडमा गौरीफन्टा नाकामा रहेका एक जना कोरोनाको संक्रमण भेटिए पनि उनीहरुको ¥यापिड टेष्ट हो ।
गणपति तिम्सिनाका अनुसार बीओपी त्रिनगरका २५ र अत्तरीयाका १५ जना सशस्त्र प्रहरी समेत क्वारेन्टाईमा राखिएका छन् । उनीहरुको समेत ¥यापिड टेष्ट गरिनेछ ।
भीड तथा फिल्डमा खटिएका सुरक्षाकर्मीहरु पनि संक्रमणको उच्च जोखिममा भएका कारण हालसम्म फिल्डमा खटिएका सबै सुरक्षाकर्मीहरुको ¥यापिड टेष्ट गरिदैछ ।













