एनएमबी बैंकद्वारा प्रदेश सरकारलाई सय थान पीपीई सहयोग

धनगढी, चैत २७ । एनएमबी बैंकले सुदूरपश्चिम प्रदेश सरकारलाई चिकित्सकका लागि आवश्यक व्यक्तिगत सुरक्षा सामाग्री (पीपीई) हस्तान्तरण गरेको छ ।

कोभिड–१९ विरुद्घको स्वास्थ्य उपचारमा संलग्न चिकित्सकका लागि आवश्यक सय थान पीपीई हस्तान्तरण गरेको हो । एनएमबी बैंक प्रदेश ६ र ७ का प्रमुख रमेशराज भट्ट र धनगढी शाखाका प्रबन्धक अमन जोशीले संयुक्त रुपमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई सामाग्रीहरु हस्तान्तरण गरे ।

प्रदेश सरकारका मन्त्री तथा उच्च स्तरीय पदाधिकारीहरुको पनि सहभागीता रहेको थियो । कोभिड–१९ बाट मुलुकमा सबैभन्दा बढी प्रभावित समुदाय÷व्यक्तीलाई सहयोग पु¥याउने उद्देश्यका साथ एनएमबी बैंकले देशभरका शाखा र प्रादेशिक तहमा विभिन्न योगदानहरु आरम्भ गरेको छ ।