पारदर्शी महिलाद्धारा नौ थान पीपीई सहयोग

धनगढी, २७ चैत । हसुलियामा रहेको पारदर्शी महिला विकास बहुद्देश्यीय सहकारी संस्थाले कैलारी गाउँपालिकालाई नौ थान व्यक्तिगत सुरक्षा पोशाक (पीपीई) सहयोग गरेको छ ।

सो सहकारीले गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीका लागि पीपीई सहयोग गरेको हो । सहकारीका व्यवस्थापक कौशी बोहराले आज गाउँपालिका अध्यक्ष लाजुराम चौधरीलाई पीपीई हस्तान्तरण गरिन । सो अवसरमा वडा नम्बर ३ का वडा अध्यक्ष कैलाश चौधरी, गाउँपालिकाका योजना शाखा प्रमुख सन्तोषकुमार चौधरी र वडा सदस्य सुन्दरप्रसाल चौधरीको उपस्थिति रहेको थियो ।

यसैगरी, हसुलियामै रहेको कालिका कृषि सहकारी संस्थाले कोरोना सङ्क्रमण रोकथामका लागि गाउँपालिकालाई सहयोग गरेको छ । सो सहकारीका कर्ण बोहराले १५० लिटर सोडियम हाइड्रोक्लोराइड आज हस्तान्तरण गरेको गाउँपालिकाका आइटी आफिसर रविन्द्र चौधरीले जानकारी दिए ।