र्यापिड टेष्ट : १९५ जनाको नमुना संकलन मध्ये ६६ जनाको काठमाडौ पठाइयो
कैलाली,२६ चैत । र्यापिड डाइग्नोस्टिक टेष्ट अन्तर्गत कैलाली र कंचनपुरबाट मंगलबार ६६ जनाको थ्रोट स्वाब र रगतको नमुना काठमाडौं पठाइएको छ ।
कैलालीमा कोरोनाको संक्रमण बढ्न थाले पछि र्यापिड डाइग्नोस्टिक टेष्ट गर्ने सरकारले निर्णय गरेको थियो ।
काठमाडौबाट खटिएको टोलिले मंगलबार कैलाली र कंचनपुरमा गरि १९५ जनाको थ्रोट स्वाब र रगतको नमुना संकलन गरेको सामाजिक बिकास मन्त्रालयका प्रवक्ता नरेन्द्र सिंह कार्किले बताए ।
१९५ मध्ये ६६ जनाको स्वाब र रगतको नमुना टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पठाइएको उनले बताए । किटको परिक्षण पनि आवश्यक परेको हुदा रगतको नमुना सहित हिजो नै पठाइ सकेको बताए ।
एउटा टोलिले कैलालीको गोदावरी नगरपालिका र कंचनपुरको भिमदत्त नगरपालिकामा ९६ जना र अर्को टोलिले कैलालीको लम्की चुहा बाट ९९ जनाको स्वाब र रगतको नमुना संकलन गरिएको थियो । त्यसै गरि पहिलो चरणमा गोदावरी नगरपालिका र कंचनपुरबाट २१ जना तथा लम्की चुहा वाट ४५ जनाको गरि ६६ जनाको नमुना पठाइएको कार्कीले बताए ।
बाकीको नमुना आज पठाइने उनले बताए । सरकारले सुदुर पश्चिम् प्रदेशको लागि ५ हजार किट पठाएको छ । अहिले १९५ जनाको रगत बाट किटको पनि परिक्षण गरेर त्यसपछी र्यापिड टेस्टलाई अगाडि बढाइने कार्किले जानकारी दिए ।













