कोरोना अपडेटः मृत्यु हुनेको संख्या ८१ हजार नाध्यो, अमेरिकामा १२ हजार बढीको मृत्यू
कैलाली, २५ चैत । कोरोनाभाइरसको संक्रमण र मृतकको संख्या तिब्र गतिले बढेको छ । मंगलबार राती १ बजेको विश्व तथ्यांक अनुसार मृत्यु हुनेको संख्या ८१ हजार २ सय ४८ पुगेको छ ।
विश्वमा अहिले १४ लाख १४ हजार ७१० जना कोरोना संक्रमित भएका छन् । १२ घण्टाको अन्तरमा ५ हजार ९५४ जनाको थप मृत्यू भएको र ६२ हजार ५५२ जना नयाँ संक्रमित थपिएको तथ्यांकले पुष्टि गरेको छ ।
अहिले अमेरिका अमेरिकामा ३ लाख ८८ हजार ७५७ संक्रमित छन् भने १२ हजार ४०० जनाको मृत्यू भएको छ । गएको १२ घण्टामै १४ सय ५७ जनाको थप मृत्यू भएको हो ।
यस्तै नेपालको छिमेकी देश भारतमा पनि तिब्र गतिले संक्रमितको संख्या बढिरहेको छ । गएको १२ घण्टामै ४५३ जना नयाँ संक्रमित थपिए भने १४ जनाको थप मृत्यू भएको छ । अहिले भारतमा ५ हजार ३११ जना संक्रमित रहेका छन् भने १५० जनाको मृत्यू भईसकेको छ ।













