कोरोनाबाट मृत्यु हुनेको संख्या ७५ हजार नाध्यो, भारतमै १३६ पुगे

कैलाली, २५ चैत । कोरोनाभाइरसको संक्रमण र मृतकको संख्या तिब्र गतिले बढेको छ । मंगलबार दिउँसो मृत्यु हुनेको संख्या ७५ हजार २ सय ९४ पुगेको छ । इटलीमा मृत्युदर पहिलेको तुलनामा कमी आएको छ तर फ्रान्स र अमेरिकामा बढेको छ ।

त्यसैगरी १३ लाख ५२ हजार १ सय ५८ जना संक्रमित पुगेका छन् । सबैभन्दा बढी अमेरिकामा ३ लाख ६७ हजार ६५० संक्रमितको संख्या पुगेको छ । भने १० हजार ९४३ जनाको मृत्यू भएको छ ।

यस्तै स्पेनमा १ लाख ३६ हजार ६७५ जना संक्रमित भएका छन् भने १३ हजार ३४१ जनाको मृत्यू भएको छ । स्पेनमा ४० हजार ४३७ जना सन्चो भईसकेका छन् । इटलीमा संक्रमितको संख्या १ लाख ३२ हजार ५४७ पुगेको छ भने १६ हजार ५२३ जनाको मृत्यू भएको छ । यहाँ २२ हजार ८३७ जना सञ्चो भईसकेका छन् ।

यस्तै फ्रान्समा पनि मृत्यु हुनेको संख्या ८ हजार ९ सय ११ जना पुगेको छ भने करिब १ लाख संक्रमित छन् । जर्मनीमा संक्रमितको तुलनामा मृत्यु हुनेको संख्या कम छ । एक लाख ३ हजार ३७५ संक्रमित हुँदा १८ सय १० को मृत्यु भएको छ भने ३६ हजार ८१ सन्चो भएको छ ।

पछिल्लो पटक भारतमापनि सयौंको संख्यामा नयाँ संक्रमितहरु थपिरहेका छन् । ४ हजार ८५८ मा १३६ जनाको मृत्यू भईसकेको छ भने ३८२ जना सञ्चो भएका छन् ।