गोली हानेर डोटीमा एक किशोरीको हत्या, लक डाउनमा कस्ले चलायो गोली ?

डोटी, २४ चैत । डोटीको जोरायल गाउँपालिका वडा नम्बर ४ देउथलाको नङनी टोलकी २० वर्षिया अनिता वनलाई गोली हानी हत्या गरिएको छ ।

प्रहरीले आईतवार साँझ ५ बजे बनको गोली हानी हत्या गरिएको जनाएको छ । घट्ना भएको समय घरमा बन र उनका श्रीमान खडक बन मात्र रहेकोले प्रहरीले उनका श्रीमानमाथि अनुसन्धान गरिरहेको जनाइएको छ ।

भारतको बैंग्लोरमा काम गर्ने खडक र डडेल्धुराको भागेश्वर गाउँपालिका वडा नम्बर ५ बगरकोट सिराडीकी अनिताबीच फेसबुक मार्फत प्रेम बसेपछि उनीहरुले फाल्गुन १३ गते भागी बिबाह गरेका थिए ।

प्रहरीले भरुवा बन्दुकको गोली लागेर अनिताको मृत्यु भएको जनाएको छ । प्रहरीले घट्नास्थलबाट भरुवा बन्दुक बरामद गरेको छ ।