कैलाली, कञ्‍चनपुर र बाग्लुङमा र्‍यापिड टेस्ट हुने

धनगढी, २२ चैत । सरकारले कैलाली, कञ्‍चनपुर र बाग्लुङमा र्‍यापिड टेस्ट गर्ने निर्णय गरेको छ । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले ती जिल्लामा ठूलो संख्यामा कोरोना भाइरसको नमुना परीक्षण गर्ने र शंका लागेकालाई पिसिआर प्रविधिबाट पुनः परीक्षण गर्ने निर्णय गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए ।

सरकारले आवागमनमा थप कडाइ गर्ने पनि निर्णय गरेको छ । संक्रमणको रोकथाम तथा न्यूनीकरणका लागि एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा हुने आवागमनमा थप कडाइ गर्ने निर्णय गरेको खतिवडाले बताए ।