कोरोना संक्रमित थपिएपछि भोलीदेखि धनगढी बजार पूर्णरुपले बन्द हुने

धनगढी, २२ चैत । धनगढीमा कोरोना संक्रमितको संख्या थपिएपछि भोलीदेखि धनगढी बजार पूर्णरुपले बन्द गर्ने निर्णय भएको छ ।

कैलाली उद्योग बाणिज्य संघ, धनगढी उपमहानगरपालिका र जिल्ला प्रशासन कार्यालयको छलफलमा थप सतर्कत अपनाउन धनगढी बजारलाई पूर्णरुपले बन्द गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले जानकारी दिए ।

उनले धनगढीमा निषेधज्ञा जारी गरेको १२ दिन भई सक्दा समेत केही व्यक्तिहरु विभिन्न बहानामा बाहिर निस्कने काम जारी रहेकोले बजार नै पूर्णरुपले बन्द गर्ने निर्णय गरेको बताए ।

प्रजिअ बोहराले भने ‘भोलीदेखि धनगढीमा कुनै पसल नखुल्ने बताउदै सबै जना घरमै बसिदिन अनुरोध गरे । विस्तारै स्थिति सहज बन्दै जाने हो, यो बेला कोही पनि आत्तिनु हुदैन, तर सबै सतर्क बन्नु पर्छ ।’ उनले भने ।