हेलो, सरकार ! अब त ब्यूँझ

कैलाली । अहिले विश्व कोभिड–१९ कोरोना भाईसरबाट यूद्ध लडिरहेको छ । चाईनाबाट शुरु भएको सो भाईरस विश्वको १९९ देशमा प्रवेश गरिसकेको छ । कोरोनाबाट दिनहुँ हजारौंको संख्यामा ज्यान गुमाईरहेका छन् । प्रति दिन लाखौंका दरले नयाँ विरामी थपिएका छन् । शनिबार दिउसो सम्म विश्व तथ्यांक अनुसार ११ लाख ३३ हजार ८१५ जना संक्रमित भईसकेका छन् भने ६० हजार ३९८ को मृत्यू भईसकेको छ । यो बेला विश्व नै रोईरहेको छ । विश्व रोईरहेको बेला नेपालपनि कोरोना भाईरसको यूद्धबाट अछुटो भने छैन । अहिले नेपालमा पनि ९ जना संक्रमित पुष्टि भईसकेका छन् ।

सरकारले लक डाउन गरेर खाद्यन्नका पसल लगायत अति आवश्यक सेवा बाहेक सबै बन्द गरेको पनि हप्तौं दिन भई सक्यो तर हामी जनाता भने सबै कुराको बेवास्ता गरेर फुट–फुट बाहिर निस्किरहेका छौं । जिल्ला प्रहरी कार्यालय कैलाली अहिले सम्म ९९९ वटा मोटर साईकल नियान्त्रणमा समेत लिईसकेको छ । जुन कुरा पुष्टि गरिरहेको छ की हामी कति खेलाची छौं ।

सरकारले हामीलाई एक तरिकाले तिमीहरु सुरक्षित बसीदेऊ ! भनेकै हो, तर अझ पनि हामी यसरी नै खेलमस्ती गर््यो भने अमेरिका, ईटली स्पेन भन्दा डरलाग्दो अवस्थाको सामनता गर्नुपर्ने दिन नआउँल भन्न सकिन्न । त्यसैले कृपया फेरी पनि मेरो सलाम छ, कि घर छोडेर बाहिर ननिस्किदिनु ! तपाई बाहिर निस्कनु भनेको तपाईको परिवार जोखिममा पर्नु हो । तपाईको परिवार जोखिममा पर्नु भनेको पुरै गाउँ जोखिममा पर्नु हो । र गाउँ जोखिममा पर्नु भनेको नै सिंगो देश जोखिममा पर्नु हो । त्यसैले आफूपनि सुरक्षित रहौं र अरुलाई पनि सुरक्षित राखौं ।

आज कोरोना पोजेटिभ देखिएकी कैलालीकी एक महिलालाई एक हप्ता अगाडी नै क्वारेन्टाईनमा राखिएको थियो । तर कोरोनाको लक्षण नदेखिएको भन्दै उनलाई क्वारेन्टाइनबाट घर फर्काएको सामाचार बाहिर आईसकेको छ । उनको आफन्त जो चौथो संक्रमित व्यक्ति हुन् । दुबईबाट नयाँ दिल्ली हुँदै नेपाल आएका थिए । चौथो संक्रमितको चैत १४ गते पोजेटिभ रिर्पोट आयो । त्यसको भोलिपल्ट परिवारका सबै सदस्यलाई १५ गते धनगढी रंगशालामा बनाइएको क्वारेन्टाइनमा ल्याइएको थियो । तर कोरोनाको कुनै लक्षण नदेखिएको भनेर दुई दिनपछि घर पठाइएको पाइयो । जुन लापरबाहीका कारण थप एक जना कोरोना संक्रमित हुन पुगे ।

त्यस्तै कैलालीको लम्कीमा भेटिएका कोरोना संक्रमित २१ वर्षीय युवा जो सरकारले लकडाउन घोषणा गरेपछि भारतबाट फर्किएका हुन् । सरकारले कोरोना भाईरसको संक्रमण फैलिन नदिने भनेर, चैत १० गतेदेखि लकडाउन र सीमा नाका बन्द गरेको थियो तर कैलालीको गौरीफन्टा नाका भएर चैत ११ गते ९९९ जना नेपाल प्रवेश गर्नुपर्ने माग गर्दै गौरीफन्टामा नाराबाजी, प्रहरी माथि ढुंगा प्रहार गर्दै नेपाल भित्रिए । जसमा आज पोजेटिभ देखिएका यूवापनि सामेल रहेको पुष्टि भएको छ ।

यस्तै कञ्चनपुरको बेदकोटमा फेला परेका संक्रमित भारतको उत्तराखण्डबाट चैत १३ गते गद्दाचौकी हुदै घर पुगेका थिए । उनी पनि भारतबाट नेपाल भित्रिने सयौं नेपालीको भीडमा थिए । त्यसदिन बिहान झण्डै दुई हजार पाँच सय नेपाली गद्दाचौकी नाका भएर नेपाल प्रवेश गरेका थिए । यी दुबै जना सयौंको भीडबाट नेपाल आएको कारण उक्त भीडमा रहेका अरु पनि संक्रमित नहोलान भन्न कहाँ पाईन्छ सरकार । सरकार भारतबाट आएका कयौंले त सम्बन्धित तहले बनाईएका क्वारेन्टाईनमा पनि बसेनन् । बरु उनीहरु आफ्नै घरमा बसे । गाउँमा तास खेलेर उल्टो रमाईलो समेत गरे । यस्ता व्यक्तिको स्वाब परिक्षण अब होला कि नहोला !

सुरक्षाकर्मीहरु आफू जोखिम मोल्दै तिमीहरु आफ्नो ज्यानलाई जोखिममा नपारौं भनेर बारम्बार सुझाब दिईरहेका छन् । बेला बेला कत्तिलाई त कार्बाहीपनि गरिरहेको सुनिन्छ । सरकारको निर्देशन पालना नगर्नेलाई यस्तो सजाय जायज पनि हो । सरकारले बाहिरबाट आएका सबै नागरिक दुई हप्ताको लागि क्वारेन्टाईनमा बसिदिनु भनेर अनुरोध समेत गरे । हाम्रो अतेरी बानीले परिणाम संकटको संज्ञा दिईरहेको छ ।
सरकारको निर्देशन बाहिरबाट आएको कोहीपनि आफ्नो घरका सदस्यलाई नछुनु । आजैदेखि क्वारेन्टाईनमा बस्नु पनि भने थियो । तर ११ गते साँझ नै लम्की पुगेका जो यूवा १२ गते बिहान मात्र लम्कीचुहा नगरपालिका वडा नम्बर ९ को प्रतापपुर स्थित सरस्वती माध्यमिक विद्यालयको क्वारेन्टाईनमा बस्न आए । उनको निगरानीमा संलग्न स्वास्थ्यकर्मीका अनुसार १२ गते बिहान घरबाटै युवकलाई क्वारेन्टाईनमा ल्याईएको थियो। नमुना संकलन गरी परिक्षणका लागि काठमाडौँ पठाएकोमा आज रिर्पोट पोजेटिभ आएपछि एम्बुलेन्स मार्फत सेती प्रादेशिक अस्पताल पठाइएको जानकारी दिएका छन् ।

ती यूवा पहिलो रात घरमै बसेको देखिन्छ । त्यसैले उनका परिवारको हरेक सदस्यको राम्रोसंग परिक्षण हुन जरुरी छ । त्यस्तै गौरीफन्टा नाकाबाट ती युवकसँगै फर्किएका ९ सय ९९ जनापनि को कहाँ छन् । सबैको पहिचान होस् । समयमै ति सबैको परिक्षण गरियोस । यो बेला भनेको सुस्ताउने बेला होईन सरकार । जनता त अतेरी भए । तर, सरकार अब त ब्यूँझ ! सरकारको आदेश पालन नगर्नेलाई अर्को औषधी देऊ ता कि उनीहरुलाई पनि घर भित्रै बस्ने चेतावनी मिलोस् ।

सुदूरपश्चिमा भारतबाट आएकाहरुलाई कोरोना देखिसकेपछि सुदूरपश्चिमबासी अझ त्रसित भएका छन् । घर भित्र बस्ने जनताहरु सरकारको लापरवाही देखिरहेका छन् । उनीहरु सरकार गम्भिर नभएको आरोप लगाईरहेका छन् । त्यसैले सरकार अब त व्यूँझिनै पर्छ । जनतालाई सुरक्षाको अनुभूति दिनैपर्छ । धेरैको गुनासो छ, कि सुदूरपश्चिममा १३ हजार भन्दा बढिको संख्यामा भारतबाट नेपाल भित्रिएका छन् । तर ती सबैको स्वाब परिक्षण गरेर जनताको मनाोत्रासलाई जोगाउन जरुरी छ ।

मुलुक अहिले पुरै लग डाउनमा छ । तर हामी नेपाली भने खेलाची गरिरहेका छौं । सानो सानो बहाना बनाएर घर बाहिर निस्किरहेका छौं । प्रहरी प्रसाशनले तिमीहरु बाँच्नु पर्छ ! घर भित्रै बसिदेऊ भनेर आग्रह गर्दा समेत हामी उक्त आग्रहलाई व्यवास्ता गर्दैछौं । र त बेला बेला विना काम घरबाट बाहिर आएर सामाजिक सञ्जालमा फोटोहरु पोस्टाईरहेका छौं । कृपया अब त जागौं, किन की हाम्रै छिमेकीलाई कोरोनाले समाईसकेको छ । यो यूद्धमा अब हामी हाम नफालौं !