लकडाउनमा थारु विद्यार्थी समाजद्वारा ‘मेरी आमा’ लाई खाद्यन्न सहयोग
धनगढी, २१ चैत । विश्वभर फैलिरहेको कोराना भाईरसको कारण मुलुक लक डाउनमा छ ।
जुन कारण टीकपुरमा रहेको आनाथ बालबालिको अभिभावत्व ग्रहण गर्दै आएका ‘मेरी आमा’ लाई खाद्यन्नको संकट परिरहेकोबेला थारु विद्यार्थी समाजले सहयोग गरेको छ ।
थारु विद्याथी समाजले १ क्यून्टर चामल, ३ किलो चना, ३ किलो दाल, ५ लिटर तेल, ४ प्याकेट नुन, ५० किलो आलु र कही ड्राईफुड सहयोग गरेकोे समाजका जिल्ला अध्यक्ष आशिष चौधरीले जानकारी दिए ।

उनले अभिभावक गुमाएका बालबालिकालाई अभिभावत्व ग्रहण गरिरहेका दिव्य परिसाईलाई थाविसले उपलब्ध गराइएको सानो सहयोगले थप हौसला प्रदान हुने बताए ।
आशिष चौधरीको नेतृत्वमा थारु राष्ट्रिय कलाकार रमेश मिसन थारु, थारु कलाकार खगेन्द्र चौधरी, थारु विद्यार्थी पुरन चौधरी, कमल चौधरी, धना चौधरी, शिवशंकर चौधरी र थाविस सदस्य रामविलास चौधरीको सयूक्त सहयोगमा उक्त समाग्री सहयोग गरेको अध्यक्ष चौधरीले बताए ।













