धनगढीमा खाद्यान्न पसल विहान तीन घण्टा मात्रै खुल्ने

धनगढी, २१ चैत । धनगढीमा भोलिदेखि बिहान तीन घण्टा मात्रै खाद्यान्न पसलहरु खुल्ने भएका छन् । बजारक्षेत्रमा सामान खरीदका नाममा दिनभरी भईरहने मान्छेको चहलपहल रोक्न बिहान तीन घण्टा मात्र पसल खोल्न दिने कैलाली उद्योग वाणिज्य संघ कैलालीले निर्णय गरिएको छ ।

कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरका अनुसार दुग्धजन्य, किराना, मासुजन्य पसलहरु बिहान ६ देखि ९ बजेसम्म खुल्नेछन् । अन्य समय भने कुनै पनि पसल खोल्न पाईने छैन ।

धनगढी उपमहानगरपालिकासंगको समन्वयमा उक्त निर्णय गरिएको संघका अध्यक्ष कुँवरले बताए । उनले केही दिन यो मोडालिटीमा पसल खोल्न दिने निर्णय गरेका छौ । यो मोडालिटी प्रभावकारी नभए केही दिनपछि पूर्ण रुपमा पसल बन्द गर्ने विषयमा समेत छलफल भएको बताए ।

उनले भने केहीदिनपछि पसलहरु पूर्ण रुपमा बन्द गरेर घुम्ती पसल मार्फत जनताको दैनिक उपभोग्यको मागलाई पूर्ति गर्ने छौ ।