अखिल (क्रान्तिकारी) कैलालीद्वारा असाहय बालबालिकालाई मास्क र सेनिटाईजर

धनगढी, २१ चैत । विश्वभर फैलिरहेको कोराना भाईरस सम्बन्धि जनचेतना र रोकथामका लागि अखिल (क्रान्तिकारी) कैलाली द्वारा असाहय बालबालिकालाई मास्क र सेनिटाईजर प्रदान गरिएको छ ।

सडकपेटिमा रहेका असाहय, बालबालिका र वृद्ध बस्ने मानव सेवा आश्रम लाई अखिल (क्रान्तिकारी)ले मास्कहरु, डिटोल साबुनहरु, सेनिटाईजरहरुका साथै ६ केजि दाल र नगद रुपैयाँँ ११५० रुपैया सहयोग गरेको हो ।

सो कार्यक्रममा सङ्गठनका केन्द्रीय सदस्य तथा कैलाली जिल्ला इन्चार्ज बबर जङ्ग सिंह, अखिल (क्रान्तिकारी) कैलाली अध्यक्ष सुबाश जोशी लगायत जिल्लाका विद्यार्थी नेताहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा मानव सेवा आश्रम सुदुरपस्चिम का संयोजक आदर्श ढकाल विद्यार्थी सङ्गठनले यस्तो महामारी फैलिरहेको अवस्थामा सो रोगको रोकथामका लागि सामाग्री वितरण गर्दा ख्शी भएके बताए । उनले मास्क, साबुन, सेनेटाईजर र दाल पाएपछि आफूलाई दिनदुखीको सेवागर्न थप उर्जा थपिएको बताए ।

सङ्गठनको तर्फबाट केन्द्रिय सदस्य बबर जङ्ग सिंहले र अध्यक्ष जोशी ले आफ्नो सङ्गठन सदैव असाहय , वृद्ध र बेसाहारा को साथमा रहि सक्ने जति सहयोग गर्ने प्रतिवद्धता जनाए ।