धनगढीमै गरिएको कोरोना जाँचको पहिलो नतिजा नेगेटिभ
धनगढी, २० चैत । सेती प्रादेशिक अस्पताल धनगढीमा कोरोना जाँचको पहिलो नतिजा नेगेटिभ आएको छ। मोलिकुलर माइक्रोबायोलोजिस्ट सुनिलप्रसाद लेखकले पहिलो परिक्षण रिपोर्ट सार्वजनिक गर्दै नेगेटिभ आएको बताए।
उनले सेती प्रादेशिक अस्पतालमा रियल टाइम पीसीआर मेसिनबाट बिहीबार साँझबाट परिक्षण शुरु गरिएको बताउदै क्रमिक रुपमा १/१ जनाको परिक्षण गर्दै जाने बताए।
उनले परिक्षणको रिपोर्ट १/१ घण्टामा आउने जानकारी दिए । सेती प्रादेशिक अस्पतालमा कोरोना आशंकामा हालसम्म २४ जना विरामी आइसोलेसनमा रहेका छन् ।













