वडा अध्यक्षले गरे सुत्केरी महिलालाई खाद्यन्न सहयोग
धनगढी, २० चैत । धनगढी उप–महानगरपालिका वडा नं ४ का वडा अध्यक्ष दिपक कुमार थापा क्षत्रीले दैनिक मजदुरी गर्ने मजदुर तथा सुत्केरी महिलालाई खाद्यान्न सहयोग गरेका छन् ।
अध्यक्ष थापाले सहयोग गरेको दाद्यन्न धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडलाई हस्तान्तरण गरेका हुन । नगरप्रमुख वडका अनुसार थापाले २१ कट्टा चामल, ५० किलो दाल, ३ बोरी सोयाविन, १ बोरी नुन, २ पेटी तेल सहयोग आएको बताए ।
ब्यक्तिगत रुपमा गरेको सहयोगले गाउँपालिकामा लडाउनका कारण छाक टार्न समस्या भएका मजदुर, सुत्केरी महिला र अनाथकाको चुलोमा आगो बाल्नमा सहयोग पुग्ने नगर प्रमुख वडले बताए ।
त्यसैगरी सुवाकोटी राई एण्ड फ्लोर मिल रातोपुल संचालक सरिता भण्डारी र किशन सिंह भण्डारीले ५ कट्टा चामल, १० किलो दाल, २ कट्टा सोयाबिन, १ पेटी तेल, १ बोरा नुुन हस्तान्तरण गरेका छन् ।













