कोरोनाबाट संक्रमित हुनेको संख्या साढे साढे ९ लाख पुग्दै, ४७ हजार बढीको मृत्यू
कैलाली, २० चैत । कोरोना भाइरसको महामारीबाट संक्रमित हुनेहरुको संख्या विश्वभर ९ लाख ४० हजार ७३३ पुगेको छ । बिहीबारको विश्व तथ्यांक अनुसार विश्वभर भाइरसबाट संक्रमितको संख्या तिब्रगतिले बढिहरेको छ । २४ घण्टामा ८१ हजार ०१७ नयाँ विरामी थपिएको विश्व तथ्यांकले देखाएको छ ।
त्यस्तै सो भाइरस संक्रमणबाट मर्नेको संख्या ४७ हजार ५१८ पुगेको छ । २४ घण्टामा ५ हजार १७८ जनाको थप मृथ्यू भएको छ ।
अमेरिकामा आजको विश्व तथ्यांक अनुसार २ लाख १५ हजार ३४४ जना संक्रमित ५ हजार ११२ जनाको मृत्यू भएको छ भने ८ हजार ८७८ जना निको भएको तथ्यांक छ ।
त्यसै गरि इटालीमा १ लाख १० हजार ५७४ संक्रमित, १३ हजार १५५ मृत्यू र १६ हजार ८४७ निको भएका छन् । स्पेनमा १ लाख १० हजार २३८ संक्रमित, १० हजार ००३ मृत्यू र २६ हजार ७४३ निको भएका छन् ।
नेपालको छिमेकी देश भारतमा पनि कोरोना भाईरसबाट मृत्यू हुनेको संख्या ५८ जना पुगेका छन् भने २ हजार ३२ संक्रमित र १४८ जना निको भएको विश्व तथ्यांकले जनाएको छ ।













