कोरोना भाईरस नियन्त्रण तथा उपचार कोषमा बैंकबाट २० लाख सहयोग
धनगढी, २० चैत । सुदूरपश्चिममा कोरोना भाइरसको संक्रमण रोकथामका लागि तीनवटा बैंक मिलेर आर्थिक सहयोग गरेका छन् ।
सुदुरपश्चिम प्रदेश कोरोना भाईरस नियन्त्रण तथा उपचार कोषमा बिहिवार तिनओटा बैंकले २० लाख सहयोग गरेको मुख्यमन्त्रीका स्वकीय सचीव शिवसिंह ओलिले जानकारी दिए ।
उनका अनुसार कुमारी बैंक लिमिटेडले १० लाख, गरिमा बिकास बैंक लिमिटेडले ५ लाख र माछापुच्छ्रे बैंक लिमिटेडले ५ लाख रुपैया गरि २० लाख रुपैया प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई चेक हस्तान्तरण गरे ।
कुमारी बैंक लिमिटेडका प्रदेश प्रमुख दीपक खनाल, गरिमा बिकास बैंक लिमिटेडका धनगढी शाखा प्रमुख यादव प्रसाद पन्त र माछापुच्छ्रे बैंक लिमिटेडका प्रदेश प्रमुख हरिलाल ऐरले प्रदेश सरकारद्वारा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि स्थापना गरेको राहत कोषमा रकम सहयोग गरिएको बताए। रकम सहयोग गर्ने सम्पुर्णलाई मुख्यमन्त्री भट्टले धन्यवाद दिएका थिए ।













