दैनिक ज्यालादारीबाट जिविको चलाउनेलाई खाद्यान्न बितरण

धनगढी, १९ चैत । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ६ जालीमा न्यु उपदेश युवा क्लवले दैनिक ज्यालादारीबाट जिविको पार्जन गर्ने नागरिकलाई खाद्यान्न सामग्री बितरण गरेको छ ।

लकडाउनमा दैनिक ज्यालादारीमा काम गरि साझ बिहानको छाक टार्ने बिपन्न समुदायलाई सबै भन्दा समस्य देखिएको छ । त्यस्ता समस्या परेका क्लवले दैनिक उपभोग्य सामाग्री बितरण गरेको न्यु उपदेश युवा क्लवका अध्यक्ष श्रवण देउवाले जानकारी दिए ।

जाली गाँउकै श्रेष्ठ किराना स्टोरका व्यबसयायी तथा समाजसेवी गणेश श्रेष्ठको आर्थिक सहयोगमा उक्त खाद्यान्न सामाग्री बितरण गरेको हो । एक परिवारलाई पाँच किलो चामल, एक प्याकेट तेल, एक प्याकेट नुन, एक किलो आलु एक हाथ धुने साबुन प्रदान गरिएको समाजसेबी श्रेष्ठले बताए ।

कोरोना भाईरसले बिश्वनै अस्तव्यस्त भएको छ । नेपालमा पनि सरकारले लकडाउन घोषणा गरेपछि दैनिक दिनचर्यामा पनि समस्या देखिएको छ ।

लकडान भएपछि घरबाट बाहिर निस्कन नपाएपछि दैनिक ज्यालादारीबाट गुजारा चलाउने निकै समस्या भएको घरमै बसिरहेका मजदुर धनगढी उपमहानगरपालिका वडा नम्बर ६ जालीका रामचन्द्र चौधरी दुखेसो व्यक्त गरे ।

घरबाट निक्न नपाएपछि मजदुरी काम पनि हुदैन छाक टार्न निकै समस्या भएको मजदुर चौधरीको भनाई छ । क्लवले गाउँ भरीका सबै बिपन्न समुदायलाई खाद्यान्न सामग्री बितरण गरेको हो । केही दिन पहिले मात्रै क्लवले गाउँमा किटाणु नियन्त्रण गर्ने किटनाशक बिषदी छर्कनुका साथै साबुन समेत बितरण गरेको थियो ।