काँग्रेस नेता राजसमझद्वारा विपन्न परिवारलाई नगद ५१ हजार सहयोग

कैलाली, १९ चैत । नेपाली कांग्रेसका नेता तथा समाजसेवी राजसमझ चौधरी लकडाउनबाट प्रभावित अति विपन्न परिवारका लागि नगद ५१ हजार रूपैयाँ सहयोग गरेका छन् ।

कोरोना भाइरस (कोभिड १९) को संक्रमणसंगै उत्पत्र विपद् व्यवस्थापन तथा लकडाउनबाट प्रभावित कैलारी गाउँपालिका अन्र्तगतका अति विपन्न, दलित समुदायका लागि सो रकम सहयोग गरेका हुन् ।

कोरोना संक्रमण रोकथामका लागि राज्यले गरेको लकडाउनका कारण प्रभावित अति विपन्न, दैनिक ज्यालादारी मजदुरी गरिखाने परिवारहरूलाई उक्त रकम थोरै भएपनि सहयोग पुग्ने उदेश्यले आफूबाट सहयोगको शुरुवाट गरेका हुन् । नेता चौधरी २०७४ मा भएको स्थानीय चुनावमा कैलालीको कैलारी गाउँपालिका लागि नेपाली काँग्रेसका तर्फबाट अध्यक्षका प्रत्याशी थिए ।