कोरोनाबाट संक्रमित हुनेको संख्या साढे ८ लाख, भारतमा ४५ को मृत्यू

कैलाली, १९ चैत । कोरोना भाइरसको महामारीबाट संक्रमित हुनेहरुको संख्या विश्वभर ८ लाख ५९ हजार ७१६ पुगेको छ । बुधबारको विश्व तथ्यांक अनुसार विश्वभर भाइरसबाट संक्रमितको संख्या तिब्रगतिले बढिहरेको छ । सो भाइरस संक्रमणबाट मर्नेको संख्या ४२ हजार ३४० पुगेको छ ।

चिनको बुहानबाट फैलिएको सो भाईरस अमेरिकामा सबै भन्दा बढि संक्रमित भएका छन् । आजको विश्व तथ्यांक अनुसार १ लाख ८८ हजार ५९२ जना संक्रमित ४ हजार ५५ जनाको मृत्यू भएको छ भने ७ हजार २५१ जना निको भएको तथ्यांक छ ।

त्यसै गरि इटालीमा १ लाख ५ हजार ७९२ संक्रमित, १२ हजार ४२८ मृत्यू र १५ हजार ७२९ निको भएका छन् । स्पेनमा ९५ हजार ९२३ संक्रमित, ८ हजार ४६४ मृत्यू र २९ हजार २५१ निको भएका छन् ।

नेपालको छिमेकी देश भारतमा पनि कोरोना भाईरसबाट मृत्यू हुनेको संख्या ५४ जना पुगेका छन् भने १ हजार ५९० संक्रमित र १४८ जना निको भएको विश्व तथ्यांकले जनाएको छ । विश्वमा उक्त भाइरसबाट सबैभन्दा बढी प्रभावित हुने मुलुक नै अमेरिका, इटाली र स्पेन देखिएका छन् ।