कोरोना परीक्षण प्रयोगशालाका उपकरण धनगढी पुग्यो,भोलीबाटै परिक्षण सुरु हुने

धनगढी, १८ चैत । संघिय सरकारले कोरोना भाईरसका सम्भावित विरामीको नमूना परिक्षणका लागि खरिद गरेको प्रयोगशालाका समाग्री धनगढी पुगेको छ ।

चीनबाट खरिद गरी ल्याईएका प्रयोगशालाका उपकरण र पाँचजना स्वास्थ्यकर्मीको टोली संघीय सरकारले हेलीकोप्टर मार्फत धनगढी पठाएको हो।

सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले नेपाली सेनाको हेलीकोप्टर प्रयोगशालाका उपकरण लिएर धनगढी पुगेको बताए ।

संघीय सरकारले प्रयोगशाला स्थापनाका लागि विज्ञहरुको टोली खटाएको थियो। सेती प्रादेशिक अस्पतालमा कोरोना भाइरसका लागि उपकरण धनगढी पुगेको र भोलीबाटै परिक्षण सुरु हुने सम्भावना रहेको विज्ञ टोलीले जनाएको छ।