लकडाउनका बेला शरीरिक वयाम गर्नुपर्छ : विश्व स्वास्थ्य संगठन
कैलाली, १८ चैत । लकडाउनका बेला घरमै बस्दा पनि शारीरिक सक्रियता भने कायम राख्न विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले आग्रह गरेको छ । लामो समय बसिरहँदा शरीरमा अर्को समस्या आउन सक्ने भन्दै घरभित्रै गर्न सकिने शारीरिक कसरत गर्न सङ्गठनको आग्रह छ ।
अहिले घरमै बस्दा धेरैले टेलिभिजन हेर्ने, मोबाइल कम्प्युटर बढी चलाउने, पुस्तक पढ्ने जस्ता काममा दिन बिताइरहेको भन्दै विश्व स्वास्थ्य सङ्गठनले हरेक २० देखि ३० मिनेटको अन्तरमा उठेर पाँच मिनेटसम्म शरीर तन्काउने, घर वरिपरि वा सिँढीमा तलमाथि गर्ने, बगैँचा वा वरिपरि घुम्ने गरेमा स्वास्थ्य सुधार हुने बताएको छ ।
हरेक दिन शरीरलाई सक्रिय बनाउनको लागि एउटा तालिका बनाइ घरमै गर्न सकिने व्यायामहरु गर्न विश्व स्वास्थ्य सङ्गठनले आग्रह गरेको छ ।
यो समय घरमा भएका परिवारको साथ सक्रिय हुन र साथीहरुसँग सञ्चारका माध्ययमबाट सम्पर्कमा रहिरहन आग्रह अनुरोध गरेको छ । विश्व स्वास्थ्य संगठनले साइकल चलाउने, आराम गर्ने, मिलेर खाना बनाउने गरेमा शारीरिक र मानसिक दुवै स्वास्थ्य ठिक रहने बताएको छ ।













