‘कोरोनाको उपचार नगर्ने निजी अस्पतालको लाईसेन्स खारेज हुन्छ’

धनगढी, १८ चैत । धनगढी उपमहानगरपालिकाका मेयर नृप बहादुर वडले बिपद्को समयमा सेवा नदिने निजी अस्पतालहरुको लाईसेन्स खारेज गर्ने चेतावनी दिएका छन् ।

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयद्धारा धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले उनले यस्तो बताएका हुन् । बिपत्तिको समयमा सेवा बन्द गर्ने निजी अस्पतालहरुको लाईसेन्स खारेज गर्ने विषयमा छलफल भईरहेको नगरप्रमुख वडको भनाई थियो ।

बिपत्तिको समयमा भाग्नेहरु अरुबेला किन चाहिए ? वडले प्रश्न गर्दै भने, हामी यस्ता निजी अस्पतालहरुको लाईसेन्स खारेज गर्ने प्रकृयामा जुटेका छौ । देशभरीमा निजी अस्पतालहरुले कोरोनाको संक्रमण फैलिएपछि सेवा बन्द गरेका छन्।

धनगढीमा रहेका अधिकांश निजी अस्पतालहरु पनि लक डाउनपछि बन्द छन् ।