नवजिनव सहकारीद्धारा पीपीई सहयोग
धनगढी, १७ चैत । धनगढीमा रहेको नवजिवन सहकारी संस्थाले कोरोना भाइरस (कोभिड१९) को उपचार र निगरानीमा खटिने ब्यक्तिलाई पीपीई सहयोग गरेको छ ।
धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडलाई संस्थाका अध्यक्ष चक्रबहादुर सिंह लगायतको टिमले पीपीई उपलब्ध गराएका हुन ।
प्रमुख नृपबहादुर वडले पीपीईको अभाव खट्कीरहेको बेला नवजिवन सहकारी संस्थाले दिएको सहयोग सहार्निय रहेको बताए ।
‘पीपीई नपाउदा प्लाष्टीक सिलाएर पनि एम्बुलेन्स चालक र चिकित्सकहरु लगाउन बाध्य न् । यस्तो अवस्थामा सहयोग गरेर नवजिवनले गुन लगाएको छ ।’
नवजिवन सहकारीसंस्थाका अध्यक्ष चक्रबहादुर सिंहले कोरोना भाइरस (कोभिड १९) संगको लडाईबाट पार लाग्नका लागि सबैले आ आफ्नो ठाउँबाट सहयोग गर्न आवश्यक रहेको बताए ।













