कैलारी गाउँपालिकाले राहतकोलागि लगत लिदै
धनगढी, १७ चैत । कैलारी गाउँपालिकाको कार्यालयले गाउँपालिकामा रहेका विपन्न परिवारलाई खाद्यान्न सहयोगको लागि लगत लिईरहेको छ ।
लक डाउनका कारण काम गर्न नपाउँदा दैनिक मजदुरी गरेर गुजारा गर्ने परिवारलाई समस्या भएपछि गाउँपालिकाले खाद्यान्न सहयोग गर्ने निर्णय गरेको हो ।
गाउँ घरमा एकातिर कोरोना भाइरसको त्रास र अर्कोतिर काम गर्न नपाएका कारण विपन्न परिवारलाई दुई छाक टार्न समस्या हुँदा गाउँपालिकाले खाद्यन्न वितरण गर्ने निर्णय गरेको गाउँपलिकाका प्रवक्ता तथा वडा नं. ७ का अध्यक्ष कमलप्रसाद चौधरीले बताए ।
‘थप समस्या भोग्न नपरोस र केहि दिनलाई राहत होस भनेर गाउँपालिकाको कार्यालयले खाद्यान्न सहयोग गर्ने निर्णय गरेको हो’, उनले भने । ‘हामी लागत लिईरहेका छौं, सकेसम्म चाँडै उनीहरुलाई खाद्यान्न वितरण गर्छौ ।’













