स्वास्थ्य उपकरण लिएर सेनाको स्काई ट्रक धनगढी पुग्यो
धनगढी, १७ चैत । कोरोना रोकथामका लागि सरकारले चीनबाट ल्याएको स्वास्थ्य उपकरण लिएर नेपाली सेनाको स्काई ट्रक धनगढी पुगेको छ ।
मास्क, स्यानिटाइजर, पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) लगायतका सामग्री लिएर स्काई ट्रक धनगढी पुगेको हो ।
गृहमन्त्रालयले सुदूरपश्चिम प्रदेशमा कोरोना रोकथामका लागि सो सामग्री पठाएको हो ।













