‘संकटको बेला स्वास्थ्यमन्त्रीले सात पुस्तालाई पोल्नेछ गरि घृणित कार्य गर्नुभयो’

काठमाडौ, १६ चैत्र। कोरोनाभाइरस प्रतिरोधी स्वास्थ्य सामाग्रीमा कमिसनको खेल भएको सार्वजनिक भइरहहेको बेला लामो समयदेखि चीनमै बसेर ब्यापार गर्दै आएका नविन बिकले पनि विरोध गरेका छन् । उनले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई सामाजिक संजालमा पत्र लेख्दै संकटको बेला घृणित कार्य गरेर जनताको स्वास्थ्यमाथि खेलवाड गरेको बताएका छन् ।

उक्त सामाग्री सरकारले तेब्बर मूल्यमा खरिद गरेको बताएका छन् । उनले आफूले चीन सरकारको मूल्यसहित आफ्नो धारणा सार्वजनिक गरेका छन् । उनले आफू विगत १५ बर्षदेखि चीनको गोन्जाउ शहरमा बसेर अन्तर्राष्ट्रिय व्यपार गर्दै आएको बताउँदै आफूले दिनसक्ने मूल्य समेत सार्वजनिक गरेका छन्

बिकले मन्त्री ढकालले घृणित कार्य गरेको बताउँदै उनको सात पुस्ताले पोल्ने समेत बताएका छन् । “ यो जत्तिको निच, अपबित्र र घृणित काम तपाईँ र तपाईँको मन्त्रालयबाट सायदै पहिला भएको छ । यो पाप तपाईँले रुद्रीचन्डी सप्ताह वा तुलादान जेगरे पनि तपाईँको सात पुस्तालाई पोल्ने कुरामा कुनै दुईमत छैन किनकी तपाईले ३ करोड नेपालीको स्वास्थ्य र तिनका जिन्दगी र भबिस्य संग खेलवाड गर्नु भएको छ” बिकले लेखेका छन् ।

यस्तो छ बिकले स्वास्थ्यमन्त्रीको नाममा लेखेको पत्रः

माननीय स्वास्थ्यमन्त्री श्री भानुभक्त ढकालज्यू
स्वास्थ्य मन्त्रालय, काठमाडौँ, नेपाल

म नबिन बिक, बिगत १५ बर्षदेखि चीनको गोन्जाउ शहरमा अन्तर्राष्ट्रिय ब्यापार गर्दै बसेको छु, म एनआरएनएको केन्द्रीय सदस्य पनि हँु, मैले अहिलेको स्थितिमा केही नबोलीकन चुपचाप बस्न सकिन, त्यसैले केही कुरा लेख्दैछु ।

देशमा यस्तो महामारी फैलिँदै गरेको र देश पूरै ठप्प भएको अवस्थामा हजुरले चीनबाट जसरी तुरुन्तै सामान झिकाएर नेपाल भित्र्याउने निर्णय गर्नुभयो त्यो जस्तो सराहनीय र पबित्र काम स्वास्थ्य मन्त्रालयको इतिहासमा सायदै अरु कुनै हुन्थ्योहोला तर आज ठीक त्यसको बिपरीत यो जत्तिको निच, अपबित्र र घृणित काम तपाईँ र तपाईको मन्त्रालयबाट सायदै पहिला भएको छ । यो पाप तपाईँले रुद्री चन्डी सप्ताह वा तुलादान जे गरे पनि तपाईँको सात पुस्तालाई पोल्ने कुरामा कुनै दुईमत छैन किनकी तपाईले ३ करोड नेपालीको स्वास्थ्य र तिनका जिन्दगी र भबिस्य संग खेलवाड गर्नु भएको छ । कोरोना टेस्ट गर्ने पिसिआर किटमा मात्रै १४ करोड ? चश्मामा १५ करोड ? गाउनमा मात्रै ११ करोड ? मैले त यहाँ केवल केही सामानको मात्र आँकड़ा छुट्याएको छु, बाँकी त कति छन् छन्, किन यस्तो गर्नु भयो मन्त्रीज्यू ?

नेपालको कुनैपनि संघसंस्था र प्रदेश सरकारले यी समानहरु मगाउन परेमा म निम्नलिखित मुल्यमा सामान दिन तयार रहेको छु । अनलाईन डबली