लायन्स क्लव धनगढी ग्रिन सिटीद्धारा मजदुरका लागि खाद्यान्न सहयोग
धनगढी, १६ चैत । लायन्स क्लव धनगढी ग्रिन सिटीले लक डाउनका कारण छाक टार्न समस्यामा परेका मजदुरलाई खाद्यान्न समाग्री उपलब्ध गराएको छ ।
आईतबार धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडलाई लायन्स क्लव धनगढी ग्रिन सिटीका अध्यक्ष गोविन्द खतिवडा र कोषाध्यक्ष शंकर प्रसाद तिवारीले हस्तान्तरण गरे ।
क्लवका अध्यक्ष खतिवडा अनुसार मजदुरका लागि भनेर ५० कट्टा चामल, ६० पाकेट तेल १ सय पोका नुन, २ बोरा सोयाविन हस्तान्तरण गरिएको छ ।
नगरप्रमुख नृपबहादुर वडले प्राप्त भएको खाद्यान्नलाई छाकटार्न समस्या भैरहेका मजदुरलाई वितरण गरिने बताए । उनले भने, लायन्स क्लव धनगढी ग्रिन सिटीले सामाजिक उत्तरदायीत्व सम्झेर सहयोग गरेको छ हामी धन्यवाद दिन चाहन्छौं ।
लायन्स क्लव धनगढी ग्रिन सिटीका अध्यक्ष गोविन्द खतिवडाले संस्थापक सदस्य लायन मोहन सिंह साउद , संस्थापक सदस्यहरु तथा क्लवका सबै सदस्यको बिशेष सहयोगमा खाद्यान्न उपलब्ध भएको बताए ।













