कोरोनाले विश्वभर ३० हजार बढीको मृत्यू, साढे ६ लाख संक्रमित
कैलाली, १६ चैत । कोरोनाभाइरसको कारण विश्वभर ३० हजार ८५१ जनाको मृत्यु भएको छ । ६ लाख ६२ हजार ९६७ जना कोरोना संक्रमित छन् । अहिलेसम्म १ लाख ४१ हजार ९५३ जना उपचारपछि सञ्चो भएका छन् ।
सबैभन्दा बढी इटलीमा १० हजारजनाको मृत्यु भएको छ । इटलीमा अहिले पनि ९२ हजार ४७२ जना संक्रमित छन् । अमेरिकामा पनि कोरोना संक्रमितको संख्या एक लाख २३ हजार ७५० पुगेको छ ।
त्यसै गरी छिमेकी देश भारतमा कोरोनाबाट मृत्यू हुनेको संख्या २४ रहेको छ भने संक्रमितको संख्या ९८७ पुगेको विश्व तथ्यांकले जनाएको छ ।













